Logo

बागमती पेज

माघ ३, २०७९ मंगलबार

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा


काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।

मंगलबार प्रचण्ड नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

पुनको स्वास्थ्यमा समस्या आएपछि केही दिनयता अस्पताल भर्ना भएर उपचाररत छन् ।

पूर्वमन्त्री समेत रहेका पुन जटिल प्रकारको जण्डिस रोगबाट पीडित छन् ।