Logo

बागमती पेज

फाल्गुन ३, २०७९ बुधबार

कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा


काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी(१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ ।