Logo

भवानी कार्की

फाल्गुन ५, २०७९ शुक्रबार

पशुपतिमा शिवरात्रिको भव्य तयारी, यस्ता छन् आकर्षण (तस्विरमा हेरौँ)


काठमाडौँ । फागुन ६ गते शनिबार परेको महाशिवरात्रिको अवसरमा पशुपतिमा भव्य तयारी भईरहेको छ । तयारीसँगै दर्शनार्थीको पनि भीड लागेको छ ।

दर्शनार्थीको ध्यान खिच्न पशुपति क्षेत्र धुमधामले सजावट गराइरहेको देखिन्छ । विगतका वर्ष झै यस वर्ष पनि भव्य सजावट गरिएको छ ।

यस वर्ष शिवरात्रिमा पशुपतिको मुख्य आकर्षण जगत गुरु शंकराचार्य रहेका छन् । शिवरत्रिको विशेष प्रवचन दिनका लागि उनी विहिबार काठमाडौँ आइपुगेका हुन् । फागुन ५,६ र सात गतेसम्म उनको विशेष प्रवचनको कार्यक्रम रहेको छ ।

शंकराचार्यको प्रवचनका कारण पनि पशुपतिमा दर्शनार्थीको धेरै भिड लाग्ने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।