Logo

बागमती पेज

फाल्गुन ६, २०७९ शनिबार

सरस्वतीनगर सुधार संघको नयाँ कार्यसमितिले लियो सपथ


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ६ स्थित सरस्वतीनगर सुधार संघको निर्वाचनमा पेशल पहाडी विजयी बनेका छन् । गत शनिवार सम्पन्न कार्यसमिति निर्वाचनमा अध्यक्षमा पहाडी समेतका कार्यसमिति सदस्यहरुले सपथ ग्रहण लिएका हुन् ।

अध्यक्ष : पेशल पहाडी
वरिष्ठ उपाध्यक्ष : शेखरनाथ आचार्य
महिला उपाध्यक्ष : सावित्री खड्का बोगटी
महासचिव : शालिकराम तिमल्सिना
सचिव : संजय सापकोटा
कोषाध्यक्ष : बिरेन्द्र कुमार श्रेष्ठ
सह–कोषाध्यक्ष : तुलसा गौतम
सदस्यहरु:
जीवन कुमार श्रेष्ठ
समिक्षा तामाङ्ग
मिना श्रेष्ठ
मोहन प्रसाद पौडेल

सरस्वतीनगर सुधार संघको निर्वाचनमा रामहरि श्रेष्ठको प्यानल र पेशल कुमार पहाडीको प्यानल चुनावी प्रतिस्पर्धामा थिए भने अध्यक्ष पदमा माधव प्रसाद त्रिपाठी र अष्ठ बहादुर गुरुङ पनि भिडेका थिए । कुल ९ सय ४४ मतदाता सदस्य रहेको सुधार संघमा ७ सय ७८ भोट खसेको थियो ।

यस अघि समेत निर्वाचित बनेका पेशल पहाडी अधुरा काम पुरा गर्न पुनः उम्मेदवारी दिएको टोलवासीमा जानकारी दिएका थिए । उनले अयअघि गरेका कामको आधारमा पनि पहाडीलाई पुनः निर्वाचित गराएको टोलवासीको भनाई छ ।

विगतदेखि नै समाजसेवामा अब्बल रहेका अध्यक्ष पहाडी जनताको सेवामा सदैव लागि पर्ने बताएका छन् । टोलभित्र कुनैपनि समस्या पर्दा आफूलाई खबर गर्न समेत अध्यक्ष पहाडीको अनुरोध छ ।