Logo

बागमती पेज

फाल्गुन १७, २०७९ बुधबार

शिखर थामीको चरी मैना सार्वजनिक


काठमाडौँ । गीतकार तथा सङ्गीतकार शिखर थामीको चरी मैना बोलको गीत बजारमा सार्वजनिक भएको छ । कलाकार शिखर थामीको स्वरमा सजिएको लोक आधुनिक विधाको गीत चरी मैना शिखर थामी यूटयूव मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द सङ्गीत पनि शिखर थामीकै रहेको छ भने सम्झना बोहरा, प्रशान्त थारु सहित शिखर थामीकै अभिनय रहेको छ ।


समसामयिक विषय बस्तुलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा माया प्रेमको भाव पाउन सकिने गायक थामी बताउँछन् । उनी भन्छन्, “अहिलेका युवापुस्तालाई समेटिएर बनाएको सन्देशमूलक गीत रहेको छ सवैले एकपटक हेर्दिनुहोला ।”

लगातार एक पछि अर्को गर्दे चर्चित गीतहरू निकाली सकेका थामीको यस अघि सुर्ती, दार्जिलिङको भूपू माया, सोल्टिनी लगायतका गीतहरू चर्चित रहेका छन् । आफ्नै भाषाका र अन्य भाषाका गीतहरू समेत बजारमा उपलब्ध छन् ।