Logo

बागमती पेज

फाल्गुन २१, २०७९ आईतबार

ओखलढुङ्गा बोलेरो दुर्घटनामा दुईको मृत्यु, आठ घाईते


काठमाडौँ । चिशंखुगढी गाँउपालिका देखी ओखलढुङ्गा सदरमुकाम जादै गरेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको ज्यान भएको छ ।

वडा नं३ दियालेको राहुटार नजिकै बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा अन्य आठ जना गम्भिर घाईते भएका छन् । स्थानिय द्वारा घाईतेहरुको उद्धार गरिएको चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । घाईतेहरुलाई हेलिकप्टर मार्फत उपचारमा पठाउने काम भईरहेको अध्यक्ष शर्माले जानकारी दिए ।

दुर्घटनामा मुत्यु भएका र घाईतेहरुको पहिचान हुन बाँकी छ । घटना स्थल तर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दिपक केसीले बताए ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।