Logo

मेघनाथ पहाडी

फाल्गुन २१, २०७९ आईतबार

१० महिनाको पारिश्रमिक समाजिक काममा, सबै प्रतिवद्धता पुरा गर्ने अध्यक्ष श्रेष्ठको दावी


काठमाडौँ । लामो समयदेखि राजनीतिसँगै समाजसेवामा सकृय रहेका बूढानीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठले १० महिनाको तलव सामाजिक काममा खर्चेका छन् ।

जनतालाई दिएका बाचा पुरा गर्ने बताउँदै वडा भित्रका विभिन्न सामाजिक काममा रु दुई लाख दश हजार समेत अरु ९६ हजार गरी कुल तीन लाख ६ हजार रकम सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

उनले चुनावी दौरानमा जनतासामु गरेको प्रतिवदता पुरा गरेका छन् । यति मात्र नभएर उनले पाँच वर्षे कार्यकालमा आफूले पाउने सम्पुर्ण रकम आवश्यक पर्ने सामाजिक काममा खर्च गर्ने बागमती पेजलाई जनाएका हुन् ।

चुनावीताका जनतालाई दिएका सम्पुर्ण बाचा पुरा गर्ने अध्यक्ष श्रेष्ठले बताए । नगरपालिका वडाहरु मध्ये वडा नम्बर १३ लाई नमुना वडा बनाउन मन, बचन र कर्मले लागि परेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।