Logo

मेघनाथ पहाडी

फाल्गुन २१, २०७९ आईतबार

बालउद्दार माविका पण्डित सहित पाँच प्रधानाध्यापक सम्मानित


काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौँ जिल्ला समन्वय समितिले पाँच जना उत्कृष्ट सेवा गरेका प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ।

एकीकृत अखिल नेपाल शिक्षक सङठन काठमाडौँ जिल्लाको छैटौ जिल्ला अधिवेशनको अवसरमा काठमाडौँ जिल्लाका पाँच विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो।

अधिवेसनमा बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार नमुना माविका प्रधानाध्यापक बिनोद पण्डित, विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्ब राज कडेल, ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जन, पद्मकन्या माविका प्रधानाध्यापक रिता तिवारी र मानसिंह माविका प्रधानाध्यापक नारायणजङ्ग थापालाई सम्मान गरिएको थियो।

अधिवेसनबाट एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौँको अध्यक्षमा बसन्त राज ढकाल, उपाध्यक्षमा लिला‌ श्रेष्ठ, राजेन्द्र महरा र सौगात फूयाललाई चयन गरिएको थियो।