Logo

बागमती पेज

फाल्गुन २९, २०७९ सोमबार

राशि अनुसार कुन व्यवसाय गर्दा उत्तम फल प्राप्त हुन्छ ?


राशि नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा पारगमन गर्छन । ज्योतिषहरूले यि नक्षत्रहरू माथि ध्यान दिए र यिनलाई केही विशिष्ट महत्त्व दिए । समय संग-संगै उनीहरूले बारहौं नक्षत्रहरूको विशिष्टताहरूलाई ध्यानमा राखेर त्यसमा आधारित बारह राशिहरूको एक प्रणाली बनाए । कुन राशिका व्यक्तिले कुन पेशा गर्दा कस्तो पेशा गर्दा फलिफाप हुन्छ यस बिषयमा कुरा गर्दैछौं :-

मेष : मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ । मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ । त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन् । डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरू लाई सफलता चुम्न सहज हुनेछ । यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन ।

वृष : वृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोस्रो राशि हो जसको मालिक शुक्र ग्रह हो । ज्योतिष विज्ञानमा तìवको अत्यन्त गहिरो महìव छ । वृष राशिमा पृथ्वी तìव भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन् । शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ । फिल्म, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन् । पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ ।

मिथुन : मिथुन वायु तत्व प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो । बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ । यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ । मिथुन वायु तत्व प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न । मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन् । आफ्ना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ । वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन् । लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । विवाद सुल्झाउन होस् अथवा आफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ ।

कर्कट : अन्तरिक्षको चोथो राशि कर्कट, जल तत्व प्रधान राशि हो जसको स्वामी चन्द्रमा हो । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनबाटै विचारहरू उत्पन्न हुन्छन् । तसर्थ विचारप्रधान पेसाहरू जस्तै कला, पेन्टिङ, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि कर्कट राशि भएका व्यक्तिहरूले सजिलै आफ्नो वर्चस्व बनाउने दक्षता राख्छन् । जल तत्व प्रधान राशि भएकोले पनि यिनीहरू जलसँग सम्बन्धित कुनै पनि पेसा जस्तै गोताखोर, जलसेना, मराइन इन्जिनियरिङ, पौडीबाज, तेल प्रशोधन आदि क्षेत्रमा दिन, दुगुना, रात चौगुना प्रगति गर्दछन् । व्यापार, वाणिज्य, खेतीपाती, पशुपालन, डेयरी प्रोडक्टस र प्रशासनिक काममा यिनीहरूको कार्यकुशलता प्रशंसा योग्य हुन्छ ।

सिंह : अग्नि तत्व प्रधान राशि सिंहको मालिक सूर्य हो । सूर्य भनेकै ऊर्जा अथवा अग्निको स्रोत हो । सिंह राशि भएका व्यक्तिहरूको प्रमुख गुण भनेको वैचारिक स्थिरता नै हो । यिनीहरू जब आफ्नो लागि कुनै मार्ग लिन्छन् वा केही कुरा गर्ने अठोट गर्छन् तब तिनीहरू त्यो काम पूरा शक्ति लगाएर गर्छन् । प्रशासनिक कार्य, नेतृत्व लिने काम मेडिकल, प्यारामेडिकल फिल्ड, रिसर्च अनि अध्यात्म आदि क्षेत्रमा यिनीहरूलाई स्थापित हुन समय लाग्दैन । सेना, प्रहरी, गुप्तचर, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता क्षेत्रमा पनि सिंह राशि भएका व्यक्तिले खुबै नाम कमाउँछन् ।

कन्या : अन्तरिक्षको छैँटौँ राशि कन्या पनि पृथ्वी तत्व प्रधान राशि हो । बुध ग्रह यसको मालिक हो । बुध ग्रहले बुद्धि, विवेक र तर्कलाई अगाडि राख्छ । त्यसैले कन्या राशि भएका मानिसहरू बुद्धि र तर्कको सहायताले अरूलाई वशमा पार्छन् । यिनीहरू हरेक कार्य बुद्धि लगाएर चतुर्याइपूर्वक सम्पन्न गर्दछन् । व्यापार, व्यवसाय, वाणिज्य, लेखन, साहित्य, कला अनि सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेशन अफिसर, वकिल, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको रूपमाा निकै नै जम्दछन् । पृथ्वी तìव प्रधान राशि भएकाले यिनीहरूमा सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।

तुला : वायु तत्व प्रधान भएको तुला राशिको स्वामी शुक्र ग्रह हो । शुक्र ग्रह भनेको वैभव, सम्पन्नता, सुख, समृद्धिको दाता हो । तुला राशि वायु तìव प्रधान भएकाले व्यक्ति धन सम्पत्तिले परिपूर्ण त हुन्छ नै, उसको कीर्ति पनि फैलन्छ । चाहे त्यो सकारात्मक होस् या नकारात्मक । यिनीहरू फिल्म, नृत्य, गीत, सङ्गीत, कला, लेखनजस्ता क्षेत्रमा विशेष दखल राख्दछन् । म्यानेजर, कूटनीति, परराष्ट्र नीति, राजनीति, राजदूत वा यस्तै कार्य जहाँ व्यवस्थालाई सन्तुलित बनाउनुपर्ने हुन्छ, त्यस्तो क्षेत्रमा तुला राशि भएका व्यक्तिहरू अरूभन्दा सफल हुन्छन् । स्पेस इन्जिनियरिङ, खगोल विज्ञान, जिनेटिक इन्जिनियरिङ, कपडा, कागज, पि्रन्ट, प्रेस, मिडियाजस्ता क्षेत्रमा पनि यिनको वर्चस्व रहन्छ ।

वृश्चिक : जल तत्व भएको, स्थिर, स्वभावको वृश्चिक राशि अत्यन्त महìवपूर्ण राशि हो जसको मालिक मङ्गल ग्रह हो । वृश्चिक रहस्यमय राशि हो र यसले शरीरको अङ्गमध्ये जनेन्दि्रयको प्रतिनिधित्व गर्छ । जल पनि ऊर्जाकै स्रोत हो, साथसाथै वृश्चिक जल तìव प्रधान राशि भएका कारण त्यस्ता क्षेत्रहरू जसमा पानीको उपयोग हुन्छ वा पानीसँग सम्बन्ध राख्छ । अर्थात् माछापालन, हाँसपालन, जनसेना, मराइन इन्जिनियरिङ, पौडी, हाइड्रोपावर आदिमा यिनीहरूले विशेष सफलता पाउँछन् । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक, गुप्तचरजस्ता क्षेत्रमा यिनको प्रभुत्व रहन्छ । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान र समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटोछिटो प्रगति गर्दछन् ।

धनु : वृहस्पति स्वामी भएको धनु अग्नि तत्व प्रधान तथा दोहोरो स्वभावको राशि हो । अग्निको सोझो काम हो जल्नु अथवा जलाउनु न कि सोच विचार गर्नु र तसर्थ धनु राशि भएका व्यक्तिहरू कामभन्दा पनि परिणामप्रति सचेत हुन्छन् । यिनीहरू प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भू-उपग्रह, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवाद -दोभाषे), कम्प्युटर सफ्टेयर तथा हार्डवेयरजस्ता क्षेत्रमा प्रगति गर्दछन् ।

मकर : अन्तरिक्षको दसौँ राशि मकरको मालिक शनि ग्रह हो । यो राशि पृथ्वी तत्व प्रधान राशि हो । यो राशि भएका व्यक्तिहरूले कुनै पनि कामको सुरुमा असुविधा, असफलता बेहोरे पनि अन्ततोगत्वा मनले चिताएको फल भेट्टाएरै छोड्छन् । यो सुरुको असफलताको कारण शनि ग्रह पनि एक हो । इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट, लेखा परीक्षणजस्ता क्षेत्रमा यिनीहरू चाँडै सफल हुन्छन् । डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसरजस्ता पदमा यिनीहरू सबैभन्दा चाँडै पुग्छन् ।

कुम्भ : वायु तत्व प्रधान भएको, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । यसको मालिक पनि शनि नै हो । यसलाई मानवतावादी राशि पनि भनिन्छ । सञ्चार, कम्प्युटर विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषी, प्राविधिक कार्यजस्ता क्षेत्रमा कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यधिक सफलता मिल्छ । यिनीहरू कुनै कार्य सुरु गरेपछि समाप्त गरेर मात्र सन्तोष लिन्छन् । लेखन, साहित्य कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू-उपग्रह, भौतिक विज्ञान, मिडिया र राजनीतिमा यिनीहरूले राम्रो सफलता पाउँछन् ।

मीन : जल तत्व प्रधान भएको, दोहोरो स्वभावको राशि मीन अन्तिम राशि हो जसको मालिक बृहस्पति ग्रह हो । जल भनेको जीवन हो र जीवनको सञ्चालन ग्रहहरूमध्ये सबभन्दा शालिन वृहस्पति ग्रहले गर्ने भएकाले मीन राशि भएका व्यक्तिहरू थोरै मिहिनेतमा पनि अत्यधिक सफल हुने गर्दछन् । यिनीहरू मराइन इन्जिनियरिङ, दूध तथा दुग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन् । लेखन, साहित्य, कविता, दर्शन, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापन, योग, ध्यान, अध्यात्मकजस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन् ।