Logo

बागमती पेज

चैत्र ४, २०७९ शनिबार

६२ यात्रु बोकेर उडेको जहाज किन आकाशबाटै पुनः काठमाडौं फर्कियो, यस्तो छ कारण ?


काठमाडौं। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज मध्य आकाशबाटै पुनः काठमाडौं फर्किएको छ।

उडिरहेको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेबित्तिकै जहाज काठमाडौं फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि आकाशबाट फर्काइएको विमानस्थल स्रोतले जनाएको छ।

६२ जना यात्रु लिएर उडेको जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुईजना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए ।