Logo

बागमती पेज

चैत्र १६, २०७९ बिहीबार

आजै मन्त्रिमण्डल विस्तार हुन्छ : प्रधानमन्त्री


चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले आज मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको उनले बताए ।

रतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजधानी फर्किएपछि मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने बताए।

‘यहाँबाट फर्केर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ ,’उनले भने ,‘तर, काम हाम्रो सकिएको छ,एक दुईवटा मन्त्रालयको मात्रै मिलाउन मात्रै बाँकी हो । आज सकिएन भने भोलि बिहान होला । ’

प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक स्थायित्वका लागि सबैलाई मिलाएर लैजान आफूले पुरै तागत लगाएको बताए । आफूले राजनीतिक निकासका लागि संकल्पको जिम्मेवारी बोकेर प्रधानमन्त्री बनेको बताए । ‘नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु ,’उनले भने ,‘मलाई विश्वास छ , अब राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्ने छ । ’