Logo

भवानी कार्की

चैत्र २९, २०७९ बुधबार

नयाँ वर्षमा घुम्नका लागि उपयुक्त गन्तव्य


काठमाडौँ । नयाँ वर्षको समयमा हामी सबैजना घुम्न एकदमै रुचाउँछौँ । तर सबैको एउटै जिज्ञासा छ की घुम्न कहाँ जाने ? घुम्ने भन्ने विक्तिकै हामी सबैको मनमा यो पर्छ की इलाम, मुस्ताङ, लुम्बिनी, जनकपुर, वा अन्य ठाउँहरु तर उपत्यका नजिकै पनि घुम्नका लागि निकै रमणिय ठाउँहरु रहेका छन् ।

उपत्यका नजिकका जिल्लाहरु काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, गोरखा, धादिङ लगाएतका जिल्लाहरुमा प्रशस्त रमणिय ठाउँहरु रहेका छन् । कम खर्चमा नजिक र राम्रा गन्तव्यहरु घुम्नका लागि यी ठाउँहरु उपयुक्त हुन सक्छन् ।

चन्द्रागिरी
२ हजार ४ सय ७५ मिटर उचाईमा रहेको चन्द्रागिरी काठमाडौंको रमणीय स्थलका रुपमा चर्चित छ । चन्द्रागिरी जानका लागि सार्वजनिक सवारी साधनको राम्रो व्यवस्था छ । रत्नपार्कबाट सिधै चन्द्रागिरी यातायात लाग्छ । त्यस्तै थानकोटको बसमा जाँदा पनि ५ मिनेट हिड्दा चन्द्रगिरी पुग्न सकिन्छ ।

चन्द्रागिरीमा केबलकारको व्यवस्था भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल झन बढेको हो । नयाँ वर्षमा घुम्न जानको लागि यो ठाउँ पनि उपयुक्त हुन सक्छ ।

हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यवलोकनका लागि पनि प्रसिद्ध मानिन्छ– नगरकोट । समुन्द्री सतहबाट २ हजार ७५ मिटर उचाईमा रहेको नगरकोट गर्मी मौसममा पनि चिसो नै हुन्छ । नगरकोटबाट विभिन्न मनमोहक हिमश्रृंखला देख्न सकिन्छ ।

नगरकोट
काठमाडौं उपत्यकाबाट छोटो दूरीमै पुग्न सकिने प्रसिद्ध रमणीय स्थल हो–नगरकोट । राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ ।

हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यवलोकनका लागि पनि प्रसिद्ध मानिन्छ– नगरकोट । समुन्द्री सतहबाट २ हजार ७५ मिटर उचाईमा रहेको नगरकोट गर्मी मौसममा पनि चिसो नै हुन्छ । नगरकोटबाट विभिन्न मनमोहक हिमश्रृंखला देख्न सकिन्छ ।

दोलखा कालिन्चोक
दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा पर्ने यस ठाउँ सदरमुकाम चरिकोटबाट ३८४२ मिटर उचाईमा पर्दछ ।

स्वर्गको एक टुक्रा झै लाग्ने यस ठाउँमा निकै रमणिय दृश्यको साथै कालिञ्चोक भगवती माइको दर्शन गर्न सकिन्छ । कालिन्चोक डाँडाबाट रोलवालिङ हिम शृङखला र मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गर्न सकिन्छ । दोलखाकै गौरव बढाएको कालिन्चोक प्रकृतिको अनुपम उपहार हो ।

हिउँ पर्ने समयमा कालिन्चोक झनै राम्रो देख्न सकिन्छ । कालिन्चोक पुग्नका लागि उपत्यकाबाट ५ घण्टाका सम्मको यात्रा सदरमुकाम चरिकोट सम्म र त्यहाँबाट १७ किलोमिटर कच्ची बाटो छिछोल्नु पर्दछ ।

सिन्धुलीगढी
सिन्धुली जिल्लाको सिन्धुली गढी ऐतिहासिक गढी हो । नयाँ वर्षमा घुम्न जानका लागि सिन्धलीगढी पनि उपयक्त हुनसक्छ । यहाँबाट गढीको साथै तराईको मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न पाईन्छ । यहाँ पूर्खाको विरताको इतिहास हेर्न र गर्मी छल्न धेरै जसो पर्यटक आउने गर्दछन् ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका स्थानमध्य सिन्धुलीगढी पनि प्रथामिकतामा राखेको छ । यस ठाउँलाई नेपाल अंग्रेज युद्धको जीवित दस्तावेज मानिन्छ । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं एतिहासिक दृष्ट्रिकोणले महत्वपुर्ण स्थान हो । सिन्धुलीगढी पुग्नका लागि काठमाडौँ कोटेश्वरबाट बनेपा, खुर्कोट हुँदै सिन्धुलीगढी पुग्न सकिन्छ ।

दोलखा शैलुङ
दोलखामै पर्ने शैलुङ प्रकृति र अध्यात्मको दोभान हो । शैलुङमा पुग्दा तन र मनमा उर्जा भरिन्छ । सामुन्द्रिक सतहबाट ३१५० मिटर उचाईमा पर्ने शैलुङमा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाईन्छ ।

शैलुङ दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्दछ । यहाँबाट २२० डिग्रीमा हिमाली श्रृंखला देख्न सकिन्छ । हिमाल मध्यपनि अन्नपुर्ण, मनास्लु, लमजुङदेखि, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुर हिमालहरु नियाल्न सकिन्छ । शैलुङ पुग्नका लागि काठमाडौँबाट सिन्धुपाल्चोक मुडे हुँदै १३२ किमि दुरीको यात्रा गर्नुपर्दछ । 

मनकामना मन्दिर
गोरखाको मनकामना मन्दिर पनि नयाँ वर्षमा घुम्न जानका लागि उपयुक्त स्थान हुनसक्छ । काठमाडौंबाट करिव ९० किलोमिटरको बसको यात्रापछि कुरिनटार पुगिन्छ ।

जहाँबाट मनकामनाका लागि केबलकारको व्यवस्था छ । हिडेर जानेहरुका लागि गारोटे बाटोको पनि छ तर उकालो बाटोको कष्ट व्यहोर्नुपर्छ । मनकामना मन्दिरु दर्शन गर्नाले मनले चिताएको पूरा हुने विश्वास राखिन्छ । यहाँ देश–विदेशबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गर्छन् ।

धादिङको रुवी भ्याली
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको रुवी भ्याली पर्यटन गन्तव्यका लागि उपयुक्त रहेको छ । तपाईसंग लामो विदाको समय छ भने एक पटक पुग्नुहोस । यो ठाउँ प्राकृतिक, धार्मिक, सास्कृतिक, साहसिक हिसावले निकै महत्वपूर्ण क्षेत्र हो । विशेष रुपमा यस ठाउँ टे«किङ गर्नका लागि उपउक्त छ । आँखै अगाडि टल्क टल्कने गणेश हिमाल तथा वरिपरि देखिने जल,जंगल ले यस ठाउँमा आउनेको मन नै परिवर्तित गराउँछ ।

सौराहा
घुम्न जानेहरुका लागि अर्को आकर्षक गन्तव्य सौराहा पनि हुन सक्छ । चितवनको सौराहा क्षेत्र वनजंगलले भरिएको छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्जमा पर्दछ । यहाँ हात्ती चढेर जंगल घुम्न पाउनु, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आर्कषण हुन् ।

नमोबुद्ध
नमोबुद्ध काठमाडौंबाट नमोबुद्ध जाने हो भने पुरानो बसपार्कबाट बनेपासम्म गाडीमा जानुपर्छ । बनेपा बसपार्कबाट नमोबुद्ध जाने बस चढेपछि १ घण्टाको समयमा पुगिन्छ । यसको अधिकतम उचाइ १८ सय मिटरसम्म छ । नमोबुद्धबाट गौरीशंकर, लाङटाङ लगायतका हिमालहरुको मनोमोहक दृश्य नियाल्न सकिन्छ ।

पोखरा
हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् ।