Logo

बागमती पेज

चैत्र ३०, २०७९ बिहीबार

नेपाली नयाँ वर्ष मनाउन दोलखामा पर्यटकको घुइँचो


दोलखा । धार्मिक एवम् पर्यटकीय स्थल दोलखामा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ भने होटलहरु खचाखच भरिन थालेका छन् ।

विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् । नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु दोलखा पुगेका छन् ।

कुरीमा होटल सुनापाती सञ्चालन गरिरहेका हरि ओलीले नयाँ वर्षका लागि कुरीका फाट्टफुट्ट बाहेक अधिकांश होटल बुकिङ भईसकेको बताए ।

नयाँ वर्षको दिन र भोलिपल्ट दुई–दुई हजार पर्यटकले केवुलकार चढेर कालिञ्चोकको दर्शन गर्ने अपेक्षा गरिएको ओलीले बताए ।

पछिल्लो समय दोलखा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको हो । जसका कारण नयाँ वर्षमा भ्रमणका लागि आउने पर्यटकले अग्रिम होटल बुकिङ गर्नुपर्ने अवस्था रहेको होटेल व्यवसायीले बताएका छन्।

चरिकोटमा किस्मत होटलका सञ्चाल गरिरहेका शान्त जिरेलले नयाँ वर्षको पुर्वसन्ध्यामा दोलखामा पर्यटकको चाप बढ्न थालेको बताए ।

नयाँ वर्षको पुर्वसन्धामा चरिकोटमा पनि होटलहरु धमाधम बुकिङ हुन थालेका छन् । नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको जनाइएको छ ।

नयाँ वर्षमा घुम्नका लागि उपयुक्त गन्तव्य