Logo

बागमती पेज

बैशाख ४, २०८० सोमबार

देशभर आजदेखि विद्यार्थी भर्ना अभियान सुरु


काठमाडौँ । देशभर आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समयमै भर्ना, समयमैै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नाराका साथ अभियान सुरु गरेको हो ।

यही बैशाख २५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ । तीन तहका सरकारले एक साथ अभियान सञ्चालन गरेका हुन् ।

विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा हुनुपर्छ भन्ने मान्यताका साथ सरकारले भर्ना अभियानलाई प्राथमिकतामा राखेको हो । सरकारले २०६१ सालेदेखि प्रत्येक वर्ष भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।