काठमाडौँ । काठमाडौँ उपत्यकाबाट १२८ किलोमीटर सबैभन्दा नजिक रहेको जुगल हिम शृङ्खलाको आधार शिविर नेपेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम आयोजना गरिएका छन् ।
जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटन प्रवर्द्धनका लागि जुगल गाउँपालिकाको आयोजनामा शनिबार ने-पेमाछालमा प्रवधनात्मक कार्यक्रम गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले बताए ।
शनिबार ने–पेमाछालमा आयोजित कार्यक्रममा ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको जुगल हिम शृङ्खलाको आधार शिविर नेपेमाछालमा बौद्ध धर्म गुरु पाचौं अवतारी गोचेन टुल्कु रिम्पोर्छेले गुरु रिम्पोर्छेको पूजापाठ छेवाङसँगै सुदृढीकरण लागि पुजा गुप्ता क्षेत्र महत्त्व बचाइ राख्न नेपेमाछाल आसपासमा हत्या हिंसा नगर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, संघिय सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, नेपाली काग्रेसका जिल्ला सभापति जंगा लामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठ, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामा लगायतको सहभागिता रहेको थियो ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछाल पर्यटन प्रवर्द्धन लागि पुर्व सभामुख संघीय सांसद प्रदेश सांसद गाउँ पालिका अध्यक्षले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
जुगल हिमाल पाँच वर्षसम्म नि:शुल्क चढ्न पाइने मन्त्रिपरिषदको निर्णय
थप पाँच चुचुराको आरोहण खुलेपछि थपियो उत्साह
२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तर्गतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ‘जुगल १’ देखि ‘जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णय गरेको थियो ।
















प्रतिक्रिया दिनुहोस्