काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक जना महिलामाथि चक्कु प्रहार भएको छ ।
बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको छ ।
घटना कस्ले र किन घटायो जानकारी आउन बाँकी छ । काठमाडौंका एसपी सिताराम रिजालले प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्