काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० सिताराम रिजालले बताए ।
रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर घर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
उपचारको क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको एसपी रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्