Logo

बागमती पेज

असार २७, २०८० बुधबार

दोलखा मेलुङले थाल्यो लम्पी स्किनको स्थलगत उपचार


काठमाडौँ। दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्कीन रोगको स्थलगत पशु उपचार अभियान थालको छ । भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोट र हेफर नेपालको प्राविधिक सहयोग तथा दोलखाको समन्वयमा स्थलगत पशु उपचार थालेको हो।

गाउँपालिकाको वडा नं १ देखि वडा नम्वर -७ सम्मका बिरामी पशुको उपचारका लागि पशु चिकित्सक डाक्टर राजेन्द्र ढकाल र डाक्टर ध्रुव डि।सि। लगाएत पालिकाको प्राविधिक टोली खटिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए। उनका अनुसार हालसम्म करिब ३ सय पशुको उपचार गरिएको छ।

यस्का लागि गाउँपलिकाले दई हजार डोज खोप र १ लाख बराबरको औसधि खरिद गरेको छ।
थप उपचारका लागि कर्मचारी व्यवस्थापन गरि सबै वडा र टोलटोलमा आवश्यक औसधि सहितको टोली खटाउने तयरी भएको अध्यक्ष थोकरले बताए।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाका अनुसार मेलुङ गाउँपालिकाका ५०० भन्दा बढि पशुमा संक्रमण फैलिएको छ भने दर्जन बढि पशु मरेका छन् ।

विशेषगरी गाईवस्तुमा लाग्ने यो रोगले हालसम्म दोलखामा ४ दर्जन बढि पशु मरेका छन् तीन हजारको हाराहारीमा पशुहरु संक्रमित भएका छन् ।