Logo

बागमती पेज

असार २९, २०८० शुक्रबार

अब्बल बन्दै पुष्पलाल: एसइई ४.० जिपिए, कलेजमा टियु टप


काठमाडौँ । शैक्षिक उपलब्धिमा राजधानीको पुष्पलाल मेमोरियल कलेज र पुष्पलाल सेकेन्डरी स्कूलको नतिजा उत्कृष्ट आएको छ । प्राप्त नजिताले पुष्पलालको शैक्षिक गुणस्तर अब्बल देखाएको हो । पुष्पलाल कलेज पढेका विद्यार्थी प्रशान्त विष्ट यसवर्ष टियु टपर भएका छन् । विविएस पहिलो वर्ष ८३ प्रतिशत र दोस्रो वर्ष ७७ प्रतिशत ल्याएका विष्ट टियु टपर भएका हुन् ।

यसवर्षको एसइइमा पुष्पलाल सेकेन्डरी स्कूलका २ छात्र छात्रा आर्जु अर्याल र सम्राट आचार्यले ४.० जिपिए ल्याएका छन् । एसइइमा उत्कृष्ट अर्थात ४.० जिपिए ल्याउने काठमाडौं जिल्लामा जम्मा ३२ जना छन् । बुढानिलकण्ठ नगरपालिका भित्रका स्कूलबाट ३ जनाले मात्रै ४.० जिपिए ल्याएका छन् । त्यसमा पुष्पलालका २ जना विद्यार्थी परेका छन् । पुष्पलाल मेमोरियल सेकेन्डरी स्कूलबाट २६ जना विद्यार्थीले एसइइ दिएका थिए ।

लामो इतिहास बोकेको पुष्पलाल कलेज र पुष्पलाल स्कूलको प्राप्त नतिजाले थप उत्साहित बनाएको पुष्पलाल कलेजका प्रिन्सीपल शम्भु अधिकारीले बताए । ‘लामो समयदेखि युग सुहाउँदो गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेर पठनपाठन सञ्चालन गरिरहेका छौं । हाम्रा उत्पादन विश्व बजारमा प्रतिस्पर्धा गरेर सफल भएका थुप्रै उदाहरणहरु छन् ।’ प्रिन्सीपल अधिकारीले भने,‘प्रतिस्पर्धी बजारमा पुष्पलाल कम शुल्कमा गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको रुपमा स्थापित छ ।

नतिजाले पनि सर्वोत्कृष्ट देखाएको छ । हामी आफ्नो धेरै विज्ञापन गर्दैनौं तर गुणस्तरीय शिक्षामा जोड दिन्छौं, ११ मा भर्ना खुलेको छ, गुणस्तरीय शिक्षाका लागि एक पटक हाम्रो कलेज भिजिट गर्न देशभरका विद्यार्थी र अभिभावकलाई अनुरोध छ ।’ गरिब, जेहेन्दार तथा सहाराविहिन र अल्पसंख्यक विद्यार्थीहरुका लागि पूर्ण छात्रवृत्तिमा समेत पढाउने गरेको उनको भनाई छ ।

कक्षा ११ र १२ सहित पुष्पलाल मेमोरियल कलेज चावहिलमा र पुष्पलाल मेमोरियल सेकेन्डरी स्कूल कपनमा सञ्चालनमा छ । पछिल्लो समय पुष्पलालमा विद्यार्थीको आकर्षण बढेको छ ।