Logo

बागमती पेज

श्रावण ३, २०८० बुधबार

विभिन्न व्यतित्वलाई सम्मान सहित उज्यालो भविश्य दोलखाले मनायो १० औँ वार्षिकउत्सव


काठमाडौँ । उज्यालो भविश्य संस्था दोलखाले दशौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक उज्यालो अभियानता कुल मान घिसिङ, राष्ट्र सेवक कर्मचारी पुर्ब अतिरिक्त महानिरीक्षक (एआइजिपि) धिरु बस्न्यात, वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, १०० प्रभावशाली महिला सपना रोका मगर सम्मानित भएका छन् । यस्तै वरिष्ठ समाजसेवी सारदा उप्रेती घिमिरे, कलाकार तथा समाजसेवी सकुना मलेकु श्रेष्ठ, लिखु पिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, नेपाल सरकारका पुर्ब सचीव भिम उपाध्याय, सहकारी अभियानता शान्ति श्रेष्ठ ,सामाजिक अभियानता लक्ष्ममण गुभाजु सम्मानित भएका छन् ।

सम्मानित व्यक्तित्वहरु

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले एक समारोहका बीच राष्ट्रिय व्यक्तित्वहरुलाइ सम्मान गरेको उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री धनराज गुरुङले कार्यक्रममा सम्बोधन गर्दै भ्रष्टचार विरुद्ध सरकारको सक्रियता कुनै पनि हालतमा नरोकिने बताए । उनले भ्रष्टाचारमा संलग्नहरु आफ्नै पार्टीका भएपनि कारबाही गरी सुशासनको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत जनाए । ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान गरी दोषीलाई उम्किन नदिने मन्त्री गुरुङको भनाई थियो।

मन्त्री गुरुङले उनले भने, भ्रष्टाचार काण्डको अनुसन्धान बिचमा रोक्ने प्रवृत्ति हाबी हुनु फिल्ममा निर्देशकले याक्सन, कट भने झैँ हो । त्यस्तो प्रवृत्तिलाई अन्त्य गरी अनुसन्धान पुरा गर्न कुनै कसर बाँकी राख्ने छैनौँ ।

त्यस्तै सरकारी तथा गैरसरकारी संघ सस्थाहरु समन्वयकारी भुमिका निर्वाह गरेर अगाडि बढुनुपर्नेमा उज्यालो भविश्यका अध्यक्ष बस्नेतको विशेष जोड थियो ।

उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य अजय बाबु सिवाकोटी, नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामा,भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।