Logo

बागमती पेज

श्रावण ४, २०८० बिहीबार

काठमाडौँ जिल्ला टप बन्यो रिलायन्स इन्टरनेशनल एकेडेमी


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीले एसइई परिक्षामा काठमाडौँ जिल्ला भित्रका सामुदायिक विद्यालयहरु मध्य उत्कृष्ट नतिजा ल्याउदै प्रथम स्थान हाशिल गरेको छ।

५० जना भन्दा बढी विद्यार्थीहरु एसइई परिक्षामा सामेल गराउने विद्यालयहरु मध्य सबैभन्दा उत्कृस्ट नतिजा हाशिल गर्दै प्रथम बनेको सो विद्यालयले औसत जिपिए ३.७६ प्राप्त गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँ जिल्लाको प्रारम्भिक विश्लेषणका अनुसार उक्त विद्यालय जिल्लामै उत्कृष्ट बनेको छ । यतिमात्र नभएर समग्रमा पनि पाचौ स्थान हाशिल गर्न सफल बनेको छ। सो विश्लेषणका अनुसार दोश्रो स्थानमा फ्लोरिसेंट मावी बानियाटार र तेश्रोमा इम लाइन स्कुल जोरपाटी रहेका छन् ।

कक्षा ११ र १२ को नतिजामा पनि निरन्तर देशमै उत्कृष्ट १० मा पर्न सफल भएको रिलायन्स इन्टरनेशनल एकेडेमीबाट सो परिक्षामा कुल ११७ जना विद्यार्थी सामेल भएका थिए ।