Logo

बागमती पेज

श्रावण २८, २०८० आईतबार

नेपालको ८ नम्बर प्रदेश- अष्ट्रेलिया


  • सौगात अर्याल

मेरो घर स्याङ्जा जिल्लामा पर्छ । आज भन्दा करिब ८/१० वर्ष अघि स्याङ्जामा एउटा भनाई प्रख्यात थियो “स्याङ्जा जिल्ला एक घर एक अधिकृत ।” यो भनाइ त आज भोली सुन्न पनी खडेरी लाग्न थाल्यो । यो भनाई समय अनुसार नै परिमार्जित हुँदै गयो। आज भोली त “प्रत्यक घर युवा जति परदेश” भन्दा खासै फरक नपर्ला ।

पहिले पहिले भन्दा आज भोली परदेशिनेको संख्या तिब्र गतिमा बढेको देखिन्छ। जो हेर्यो त्यो नै विदेश जान तम्सिएको देखिन्छ।कोही भेटिन्नन् आज भोली नेपाल मै केही गर्छु भन्ने। कोही भेटिन्नन् आजभोली नेपाल मै बस्छु भन्ने। सधैँ भरी युवा जती परदेशीए देशको विकाश कसले गर्ने ?

सानोमा सबैको गन्तब्य डाक्टर, पाईलट , इन्जिनियर यस्तै यस्तै नै हुन्छ। ठूलो भयो, गन्तब्यसम्म पुग्ने बाटो नै फेरिन्छ । सबैलाई परदेशिन मन जाग्छ। हुन पनि किन नहोस् । खोजे जस्तो केही फेला पर्दैनन् यहाँ । खोजे जस्तो शिक्षा छैन्, आफु अनि आफ्नो परिवारलाई पुग्ने रोजगारी छैन्। बिरामी भएको बेला उपचार गर्न अस्पताल छैन्। अबाबै अबाबमा त जीवन काट्न गारो नै हुन्छ।सधैँ भरी हिस्स बुढी खिस्स दाँत पारेर त भएन। जीविको पार्जन गर्नै पर्यो । केही गरम भन्नलाई जग्गा जमिन छैन्। रोजगारी गरम भन्नलाई हातमा सिप छैन। विकल्प बाँकी रहेको भन्ने त्यै परदेशीनु मात्रै हो। कोही त रहरै रहरमा परदेशीए भने कोही त कहरै कहरमा।

तत्काल अष्ट्रेलियन तथ्यांक विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १ लाख २३ हजार नेपाली अष्ट्रेलियामा अवस्थित छन्। यी मध्ये अधिकांश १९ देखि ३४ वर्ष सम्मका नेपाली रहेछन्। सबै युवा जति परदेशमा भएपछि नेपालको विकास कसले गर्ने । यो त नेपालको लागि लाज मर्दो नै कुरा भयो । नेपालको कुल जनसंख्यामा कम जनसंख्या भएको प्रदेश भनेर कर्णाली प्रदेशलाई चिनिन्छ । यस प्रदेशमा कुल जनसंख्या १६ लाख ९४ हजारको आसपास छ। मेरो विचारमा यस तथ्याङ्क अनुसार अष्ट्रेलियालाई नेपालको ८ नम्बर प्रदेश भन्दा खासै नपर्ला। यही क्रमअनुसार नेपाली विदेश पस्न लाए भने अबको केही वर्षमा कर्णाली प्रदेशको जनसङ्ख्या भन्दा बढी जनसङ्ख्या अष्ट्रेलियामै हुन्छन्। बल्ल तल्ल उत्पादन भएको दक्ष जनशक्ति परदेश कै सिकार बन्न बाध्य भएपछि नेपाली हुँ भन्दै आफ्नो पहिचान नगरेकै राम्रो।

प्रदेशिनुको श्रेय कसलाई दिने ? – राष्ट्रलाई कि राष्ट्रका नागरिकलाई ?
मेरो विचारमा श्रेय सबैलाई उत्तिकै जान्छ होला । राष्ट्रलाई किन ? यसको उत्तर यहीँ छ ।
रेमिटान्समा निर्भर मेरो देश
कृषि प्रधान देश भन्दै विदेशबाट खाद्यन्न ओसार्छ
जडिबुटी मा भरिपूर्ण मेरो देश,टाउको दुखेको औषधि पनी अरु देशबाट ओसार्छ
प्राकृतिक सम्पदाले भरीपूर्ण मेरो देश सधैँ भरी अरु देश माथि निर्भर भएरै बस्न खोज्छ।
सुनखानी देखि पेट्रोल, डिजेल खानी भएको मेरो देश ,यी सामानहरु पनि आयात नै गर्छ।
सियो देखि दियो सम्म आयात गर्ने मेरो देश ,आफ्नै देशको प्रकृतिको मौलिकता बुझेन
भ्रष्टहरुले भरिएको मेरो देश,व्यक्तिगत स्वार्थ को लागी देश नै बेच्छन्।
बेचियो गण्डकी कोशी र कर्णाली
भ्रष्टाचारी सधैँ सम्पन्न अनि नेपाली जनताको सधैँ हात खाली

परदेशिन राष्ट्रको मात्र हात हुँदैन। नेपालीको पनी उत्तिकै हात देखिन्छ आज भोलि। सबैलाई विदेश जान नै आतुर भएको देखिन्छ।

कोही त रहरमा पसे विदेश कोही त कहरमा ।
कोहीलाई नेपालमै बस्न नैतिकताले दिएन भने कोहीलाई त बाध्यताले

किन नेपालीहरु विदेश पस्न आतुर छन् त ? यसको उत्तर यहीँ छ।
न त नेपालको इतिहाँस घोक्न पर्ने
न त नेपालको भुगोल नै जान्न पर्ने
न त नेपालको प्रकृतिको अध्ययन गर्न पर्ने
न त एक अर्का बिच प्रतिश्पर्दा नै हुने
१२ कक्षा सम्म ज्यान त्यान पढ्यो झ्याप्प IELTS/PTE गर्दियो ,
अष्ट्रेलिया अमेरिका पस्दियो ।
नदी नाला पाखा पखेरा सबैको छुट्टै मौलिकता छ यहाँ
हातको लड्डु नदेखेर पेडा खोज्न जाँदै छन् सबै त्या ।

यति सानो देशका नागरिक पनि ५० लाख भन्दा बढी नेपाली परदेश मै छन् । कोही छन् अष्ट्रेलिया अमेरिका भने अधिकांश नै छन् खाडीमा । सबै युवा जति परदेशमा बसे पछि नेपालका सम्पदाहरूले कहाँबाट मौलिकता बढाउन सक्छन् र, कहाँबाट हाम्रा राष्ट्रिय सम्पदाहरू सुरक्षित हुन्छन् र। छिटो भन्दा छिटो नै सबै नागरिक नेपाल फर्कन सकुन् । राष्ट्रले स्वदेश मै रोजगारी सृजना गर्न सकोस्। राष्ट्रले आफ्नै देशको धार्मिक, सांस्कृतिक, पुरातातविक र प्राकृतिक सम्पदालाई पहिचान गरेर त्यसको मौलिकता बढाउन सकोस। सबै नेपालीको मनमा “नेपाल मै केही गर्छु” भन्ने भावना जागोस् । सबैको मनमा “आफ्नो रगत र पसिना आफ्नै देश मै फाल्छु” भन्ने अठोट आवोस्।

रुन परे मै रूँ, मेरो देश हाँसी रहोस्
मर्न परे मै मरूँ, मेरो देश बाँची रहोस्
पीडा भएनी मैलाई होस्, नेपाली जनता नाची रहोस् । नेपाली जनता नाची रहोस्।
भन्ने विचार सबै नेपाली सामु आउन सकोस।
जय देश ! जय नेपाल ! जय नेपाली !