Logo

बागमती पेज

भाद्र ७, २०८० बिहीबार

बूढानीलकण्ठ-९ मा हरेक शुक्रबार जेष्ठ नागरिकसँग विविध कार्यक्रम गरिने


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९मा हरेक शुक्रबार जेष्ठ नागरिकसङ्ग भजनकृतन, साङ्गितीक र योग प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ ।

जेष्ठ नागरिकको सम्मान स्वरुप र उहाँहरुको स्वास्थ्यको ख्याल गर्दै सबैमा भेटघाट हुने वातावरण समेत सिर्जना गर्न वडाले यस्तो कार्यक्रमको तयारी गरेको वडाध्यक्ष सुमित्रा त्रिपाठीले जानकारी दिईन् ।

उक्त कार्यक्रमको शुभारम्भ भदौ ८ गते (भोली) शुक्रबारदेखि वडा कार्यालयको सभाहलमा ज्येष्ठ नागरिक कार्यक्रम गर्ने तयारी गरिएको छ ।