Logo

बागमती पेज

भाद्र ८, २०८० शुक्रबार

दोलखाका राम-लक्ष्मण थामी राष्ट्रिय टिममा छनौट


काठमाडौँ। दोलखाका राम थामी र लक्ष्मण थामी राष्ट्रिय फुटबल टिममा छनौट भएको छन् ।

यही भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजन हुने साफ यु–१६ फुटबल प्रतियोगितामा दाजुभाई छनौट भएका हुन् ।

दोलखा जिल्लाको फुटबल प्रशिक्षक सिताराम घिमिरे नेपाली राष्ट्रिय यु–१६ फुटबल टिमका सहायक प्रशिक्षकमा नियुक्त भएको खबर छ ।