Logo

बागमती पेज

१० भदौ २०८०, आइतबार

क्यान बागमतीको अध्यक्षमा उम्मेदवार बन्ने पारसको घोषणा


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

खड्काले शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत क्यान प्रदेश अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। उनले क्यान काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरको समर्थनमा उम्मेदवार बन्न लागेको जनाएका छन्।

खड्काले भनेका छन्, “प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको दोस्रो अधिवेशनमा जिल्ला क्रिकेट संघ काठमाडौं, भक्तपुर, ललितपुर तथा मकवानपुरको संयुक्त समर्थनमा बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु।”

क्यान बागमती प्रदेशको अधिवेशन भदौ १५ गते हुँदै छ। अधिवेशनले नयाँ प्रदेश कमिटी चयन गर्नेछ। अहिले क्यानका जिल्ला अधिवेशन भइरहेका छन्।