Logo

बागमती पेज

भाद्र २०, २०८० बुधबार

कार्यालयमै प्रशासकीय र लेखा अधिकृतको अश्लिल हर्कत


काठमाडौँ । इलामको माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षामै अनैतिक क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । काजीमान राई नाम भएका प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक र अमर्यादित गतिविधि गरेको भिडियो बाहिरिएको हो ।

समाजिक सञ्जालमा यस्तो हर्कत बाहिरिनु कर्मचारीको लज्जास्पद विषय हो । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत जस्तो पदमा रहेका कर्मचारीको हर्कतले नैतिक चरित्रवानमाथिनै प्रश्न उठेको छ । कार्यकक्षमा उनीहरुले गरेका अनैतिक क्रियाकलाप सीसीटीभी क्यामेरामा कैद भएको थियो । सोही भिडियो सार्वजनिक हुँदा यतिबेला सामाजिक सञ्जालमा विभिन्न आलोचनात्मक टिकाटिप्पणी समेत भइरहेका छन् ।

भिडियोमा उनीहरूले गरेका अश्लिल हर्कत प्रत्यक्ष देख्न सकिन्छ । लेखा अधिकृतको कार्यकक्षमा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा गएकी महिला कर्मचारीले अंगालो मारेको भिडियोमा देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने गरेको समेत भिडियोमा देखिन्छ ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले अँगालो हाल्छन् र चुम्वन गर्छन् । त्यसपछि महिला कर्मचारीे राईको गाला सुम्सुम्याएको पनि भिडियोमा देखिन्छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो गत असार १३ गते भएको पाइएको छ ।

भिडियो जहिलेको भएपनि कार्यालयमै यौनजन्य गतिविधि गरिरहेको भिडियो सार्वजनिक भएपछि दुवै कर्मचारीको आलोचनात्मक विषय बनेको छ । कार्यालयमा काम गर्नका लागि हो की रामलिला मनाउन? यसले समाजमा कस्तो सन्देश जाला ? यस्तो कर्मचारीबाट जनताले कस्तो सुविधा पाउलान त ?

प्रमुख प्रशासकीय अधिकृत भनिएका राई चार वर्षअघि देशभरका निजामति कर्मचारीहरूमध्येबाट निकै प्रतिष्ठित मानिएका थिए । त्यतिबेला उनी इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । भिडियोमा महिला कर्मचारीले खाम दिएको र सिसी क्यामेराबाट लुकाएर राईले उक्त खामबाट निकालेर पैसा गनेको समेत देखिन्छ ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताउँछन् । उनि भन्छन् ‘म पनि बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । हाल प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्, उनले भने ।