Logo

बागमती पेज

भाद्र २८, २०८० बिहीबार

लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु


काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।

लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।