Logo

बागमती पेज

भाद्र ३१, २०८० आईतबार

नेपालमा ओम्नियुज प्लेटफर्मको शुरुवात, यस्ता छन् विशेषता…


काठमाडौं । नेपालमा ओम्नियुज प्लेटफर्मको शुरुवात गरिएको छ । विभिन्न शैक्षिक संस्था, अस्पताल, कन्सल्टेन्सी, स्थानीयतह लगायतका अन्य धेरै संघ संस्थाहरुलाई मध्यनजर गर्दै ओम्नियुज प्लेटफर्म नामक एपको शुरुवात गरिएको छ ।

आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरु संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको प्लेटफर्म विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उदेश्यले एप्लिकेशनको सञ्चालनमा ल्याइएको हो ।

ओम्जियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ । ओम्नियुज मोबाइल प्रयोगकर्ताहरुले आफुलाई चाहिएको विवरणहरु हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन । कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनबीच जोड्छ । साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफुलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ ।

डिजिटल फम्य्राल्युएसन एलएलसीका अनुसार शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरू संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरू गरिएको छ।

उक्त एप्लिकेशन अमेरिकी कम्पनी डिजिटल फम्य्राल्युएसन एलएलसीले निर्माण गरेको हो। जसमा गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचरहरू छन्। साथै, एप प्रयोगकर्ताहरूको लागि अनुकूल र कतिपय सुविधाहरू निःशुल्क छ। ओम्नियुज प्लेटफर्म फरक-फरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ। वेब एप, मोबाइल एप र कनेक्ट र एप्लिकेशन एकअर्कासँग जोडिएको छ।

यस प्लेटफर्ममा स्वचालित प्रक्रिया भएकाले कुनैपनि व्यवसायीहरुलाई व्यापार व्यवस्थित गर्ने, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढान मद्दत गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले समयको बचत हुन्छ । यस सिष्टमको उद्देश्य विभिन्न संघ संस्थाहरु र ग्राहकहरुको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो ।

यसमा नेपाली, हिन्दी र अग्रेजी भाषा समावेश गरिएको छ । जसले गर्दा कुनैपनि संघ सस्थाहरुको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारीहरु प्राप्त गर्न सकिन्छ । ओम्नियुज वेबमा नियमित र सदस्यता गरेर दुईवटा संस्करण छ । रेगुलर मोडेल विभिन्न संघ संस्थाहरुको लागि बनाइएको हो । यसमा संस्थाहरुले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन् । रेगुलर मोडेलमा सुविधाहरु अनुसार मूल्य राखीएको छ । सदस्यता मोडेल सम्पूर्ण संघ सस्थाहरुको लागि निःशुल्क उपलब्ध गराईएको छ ।