Logo

बागमती पेज

आश्विन ३, २०८० बुधबार

संविधान दिवस सम्पुर्ण नेपाली जनताको साझा हो : अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस सम्पुर्ण नेपाली जनताको सझा दिवस रहेको बताउनुभएको छ । उहाँले संविधान दिवस एउटा विचार विशेष, जाती विशेष, भूगोल, पेशा व्यवसाय विशेषको मात्र नभएर मेचीदेखि महाकाली र प्रवासमा रहेका संम्पुर्ण नेपाली जनताको साझा दिवश रहेको बताउनुभएको हो ।

संविधान दिवस २०८० का अवसरमा पार्टीले काठमाडौँ नक्साल स्थित नारायण चौरमा आयोजना गरेको कार्यक्रममा संविधानको प्रभावकारी कार्यान्वयनले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता एवं राष्ट्रिय स्वाभिमानको झण्डालाई माथी उठाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “संविधान दिवसलाई हाम्रो राष्ट्रिय भावना, आकांक्षा, समृद्ध नेपाल शुखी नेपालीका राष्ट्रिय आकांक्षाहरु यस दिवसले समेटेको छ । राष्ट्रिय एकताको एउटा सवल संन्देश हाम्रो संविधान जनताको संविधान, जनताका लागि बनाएको संविधान हो । हामीले संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाईरहेका छौं ।”

त्यसैगरी राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरु सकारात्मक हुन सक्दैनन् । देशको उन्नतिका लागि र जनताको एकताका लागि विभाजनकारी प्रवृत्तिहरु, जनतामा फाटो ल्याउने खालका कुराहरु, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्तिहरु राष्ट्रिय एकताको पक्षमा नभएको उहाँले टिप्पणी गर्नुभयो ।

त्यसैगरी जनताका हक अधिकारहरु, राज्यका लागि राज्यले गर्नुपर्ने कामहरु, राज्यका विभिन्न संरचनात्मक पक्ष र त्यसको कार्यन्वयन, विकासका हाम्रा आकांक्षाहरु, सामाजिक न्याय र समानताका आकांक्षाहरु, असमानताको अन्त्य नै हाम्रो आकांक्षा हो । 

कार्यक्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय झण्डा फर्रफराएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । एमालेका कार्यकर्ताहरुले राष्ट्रिय झण्डा फर्रफराउनुका साथै अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा अध्यक्ष ओलीसँग फोटा तथा भिडियो खिच्न कार्यकर्ता तथा युवाहरुको घुँईचो रहेको थियो । रासस