Logo

बागमती पेज

आश्विन ९, २०८० मंगलबार

माल्दिभ्सविरुद्ध नेपाल ४-१ ले विजयी


काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।

यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे । ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ ।

८८ औं मिनेटमा निराजन धामीले गोल गरे । इन्जुरी समयमा समीरले नै अर्को गोल थपे र नेपाललाई ४-१ को जित दिलाए ।

नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।