Logo

बागमती पेज

आश्विन १४, २०८० आईतबार

बूढानीलकण्ठमा ‘चिल्ड्रेन फेस्ट’ कार्यक्रम सम्पन्न


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० द्वारा आयोजि’चिल्ड्रेन फेस्ट’ कार्यक्रम सम्पन्न भएको छ । वडा भित्रका विभिन्न सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी तथा अन्य बालबालिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य जयराम थापाले उपस्थित विद्यार्थीलाई बैदेशिक रोजगारीमा जान भन्दापनि आफ्नै देशमा केही गर्नुपर्ने बताएका थिए । अहिलेको शिक्षालाई प्रविधि, सीप तथा रोजगारीसँग जोड्नुपर्ने उनको भनाई थियो ।

थापाले विद्यालयमा घोकाउने भन्दा पनि आर्ट, म्युजिक, खेलकुद, अवलोकन तथा विभिन्न अन्य प्रयोगात्मक ढंगबाट सिकाउन आवश्यक रहेको बताए ।

बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले विद्यार्थीलाई स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले विद्यार्थीलाई अनुशासित भएर पढ्न आफुले लागेको कुनैपनि क्षेत्रबाट राम्रो गर्न सकिने बताए । मनिस सफल हुन विद्यार्थी जीवनको अनुसासनको भूमिका पछि सम्म कामलाग्ने हुने उनको भनाई थियो ।

अहिले धेरै विद्यार्थीहरु बाहिर अध्ययनका लागि जाने गरेका छन् । जसका कारण नेपालको आर्थिक स्थिति नाजुग बन्दै गएको नगर प्रमुख अधिकारीको भनाई छ ।

वडा नम्बर १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले विद्यार्थीलाई मनोरञ्जन गर्न, उनीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न र विद्यार्थीलाई हौसल्ला प्रदान गर्न वडाले यस्तो कार्यक्रम आयोजना गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताए ।