Logo

बागमती पेज

आश्विन १५, २०८० सोमबार

विङ्गर र बस ठोक्किँदा हेटौंडामा ९ जना घाइते


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ चुरिमाई मन्दिरनजिक सवारी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् ।

सोमबार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ७ ख १६४३ नम्बरको बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सोक्रममा दुवै सवारीका ९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।