Logo

बागमती पेज

आश्विन २२, २०८० सोमबार

अर्थमन्त्री सवार गाडी दुर्घटना


काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिए ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै थिए । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताईएको छ।

सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।