काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले नेता कृष्ण पौडेल घरमै मृत फेला परेका छन् ।
नेता पौडेल आज साँझ जितपुर सिमरा उपमहानगरपालिका २ स्थित घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पौडेल मृत फेला परेको पुष्टि गरे ।
घरमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ । उनको मृत्यू कसरी भएको विषयमा अहिले केही नखुलेको र प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।
नेकपा एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको छ । एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको बेला उनी मृत फेला परेपछि धेरैले आश्चर्य मानेका छन् ।
प्रतिक्रिया दिनुहोस्