Logo

बागमती पेज

मंसिर २९, २०८० शुक्रबार

शंखरापुर नगरका १० जनालाई मनास्लु वल्र्ड कलेजले छात्रावृत्ति प्रदान गर्ने


काठमाडौँ । शंखरापुर नगरपालिकामनास्लु वल्र्ड कलेज विच शैक्षिक कार्यक्रम सम्झौता भएको छ । सम्झौता पत्रमा शंखरापुर नगर प्रमुख रमेश नापित र मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले सयुंक्त रुपमा हस्ताक्षर गरेका छन् ।

मनास्लु वल्र्ड कलेजले शंखरापुर नगरपालिका भित्रका एसइई उतिर्ण जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्मार्थीहरुलाई नगरको विषेश सिफारिसमा वार्षिक १० जना सम्मलाई प्लसटु अध्ययनका लागि छात्रावृत्ति प्रदान गरिने भएको छ । साथै स्तानक तहका लागि समेत छात्रावृत्ति प्रदान गरिने कलेजका अध्यक्ष लामाले बागमती पेजलाई जानकारी दिएका छन् ।

नगर भित्रका जेहन्दार तथा आर्थिक रुपमा विपन्न वर्गका विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्दा अन्य विद्यार्थीलाई पढाईप्रति हौसल्ला प्रदान हुने नगर प्रमुख नपितले बताए । उनले यस्ता खालका अन्य शैक्षिक कार्यक्रम ल्याउनदा खुशी समेत व्यक्त गरे ।

नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्मालयहरुका शिक्षक शिक्षिका तथा विद्मार्थिहरुलाई क्षमता अभिवृत्ति तथा विभिन्न शैक्षिक उन्नयनका कार्यक्रमहरुमा मनास्लु वल्र्ड कलेजले विशेष सहयोग तथा सहकार्य गर्ने भएको छ ।

मनास्लु कलेजले शैक्षिक क्षेत्रमा विगतदेखि विभिन्न काम गर्दै आएको छ । आगामी दिनमा अन्य नगरसँग पनि यस्ता खालका कार्यक्रम गर्ने योजना रहेको क्याम्पस प्रमुख राजन श्रेष्ठले बताए । क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘पैसा नभएर पढाई नै छोड्नुपर्ने स्थिति कुनैपनि विद्यार्थीलाई नआवस् भनेर हामीले यस्ता कार्यक्रम संचालनमा ल्याईएको हो । शंखरापुरमा मात्रै नभएर देशभरीका कुनैपनि विद्यार्थी पढ्नबाट बञ्चित हुनु हुँदैन । त्यस्तो किसिमको कुनै अफ्ठारो भएका विद्यार्थीलाई मनाश्लु कलेजले छात्राबृद्धिको विषेश व्यवस्था गर्छ ।’

कार्यक्रममा शंखरापुर नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।