Logo

बागमती पेज

मंसिर ३०, २०८० शनिबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो


काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा समेत मूल्य समयोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताए ।