Logo

बागमती पेज

पुस १, २०८० आईतबार

नेकपा एमाले बुनपा १२ कमिटी अध्यक्षमा भट्टराई सर्वसम्मत


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको दोस्रो अधिवेशनबाट शंकर प्रसाद भट्टराई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको छ । भट्टराईको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको हो ।

अध्यक्ष: शंकर प्रसाद भट्टराई
उपाध्यक्ष: खडान्द लुइँटेल
सचिव: शुशिला खतिवडा ढुङेल
उप सचिव: रोजु गौतम
उपसचिव: राजेन्द्र पुडासैनी

नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राई, जिल्ला अध्यक्ष दीपक निरौंला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईको अध्यक्षतामा भएको अधिवेशन उदघाटन सत्रको समापन पछी बन्दशत्रले उक्त पदाधिकारीहरु छनौट गरेको थियो ।