Logo

भवानी कार्की

पुस २५, २०८० बुधबार

बम्जनको घरमा प्रहरीले छापा मार्दा भेटिए यस्ता पत्याउनै नसकिने चिज…


काठमाडौँ । राम बहादुर बम्जन, यो नाम नसुन्ने सायद कमै मात्रमा हुनुहुनन्छ होला । आफुलाई लिटल बुद्ध बताउने उनी जघन्य अपराधमा मुछिय । उनीमाथी बाल यौन दुराचार, हत्या ठगी अन्य केके हुन केके आरोप लाग्यो । पछिल्लो पटक निकै लामो समय हराएका उनी प्रहरीको फन्दामा परेपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । सारा विश्वले भगवनका रुपमा मानेको बुद्धको उपनाम लियर आफुलाई चिनाएका बम्जन आफै हत्या, हिँसा, बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ परेका हुन् ।
झुटो नबोल्नु, हत्या हिँसा नगर्नु, कुनैपनि गलत काम नगर्नु बद्धको उपदेश हो । तर बुद्धको पवित्र नाम लिएर सारा जनतालाई झुक्याएका बम्जनको त्यो झुट लामो समय भने टिकेन । आफुलाई लिटिल बुद्ध बताएपनि उनले धेरै आपराधिक क्रियाकलाप गरेको ठहर भइसकेको छ । लामो समय बेपत्ता भएका उनी अहिले बूढानीलकण्ड स्थित् उनकै निवासमा पक्राउ परेका हुन् । प्रहरी उनको घरमा पुगेपछि उनी आफुलाई जोगाउन घरको दुईतलाबाट हामफालेको प्रहरीको भनाई छ ।
उनीसँग स्रोत नखुलेका अवैध सम्पत्ति थुप्रै रहेछन् जुन प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उनको साथमाबाट निकै मोटो रकम पनि बरामद गरेको छ । प्रहरीले उनको घरबाट १७ देशका मुद्रा, तीन करोड तीन लाख ७५ हजार त नेपाली रुपैयाँ मात्रै बरामद गरेको छ । प्रहरीका अनुसार रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा थिए । अझ अचम्मको कुरा त के हो भने उनले व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् । स्रोत नखुलेको रकम उनीसँग कहाँबाट आयो यत्तिको रकम आश्चर्यजनक छ ।
बुधबार सीआईबीले सार्वजनिक गरेको तथ्यहरुले बम्जनको बिलासी जीवन प्रतिविम्बत गर्छ । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिँदैन, जबकि ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।
बाराको हलखोरियामा ०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्र्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए ।
मंगलबार बुढानीलण्ठस्थित घरबाट बम्जन पक्राउ पर्दा प्रहरीले बरामद गरेको सामान बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फच्र्युन गाडी चढ्ने गरेका थिए । रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो ।
उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।
यसरी अपराधिक क्रियाकलापमा समातियका बम्जनका लागि उनका समर्थकहरु यतीबेला सडकमा छन् । उनका समर्थकहरु उनको रिहाइको माग गरिरहेका छन् । अचम्म लाग्दो र एउटा दुुख लाग्दो कुरा जो मान्छेलाई आपराध गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो उसैको रिहाइका लागि मानिसहरु सडकमा छन् । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई यो द्ेशमा फाँसीको सजाए कहिले हुने रु नकी उसको बचाउका लागि सडकमा उत्रिने, हाम्रो देश पछि पर्नुको कारण सायद यहीनै होला । बलात्कारीलाई सजाय छैन । हत्यारालाई आम माफी । कहिले बदलेला यो देशको नीति ।