Logo

मेघनाथ पहाडी

माघ ३, २०८० बुधबार

पुल्चोक इन्जिनियरिङ् क्याम्पसका विद्यार्थीले माघ ५, ६ र ७ गते ‘वास्तुकला प्रदर्शन’ गर्दै


ललितपुर । पुल्चोक इन्जिनियरिङ् क्याम्पस ललितपुरका विद्यार्थीले वास्तुकला प्रदर्शनी गर्न लागि रहेका छन् । कजेलका चौ‌थो वर्षका विद्यार्थीले माघ ५ देखि ७ गतेसम्म क्याम्पस परिसरमा वास्तुकलासँग सम्बन्धित सामग्रीको प्रदर्शनी गर्न लागेका हुन् ।

प्रत्येक वर्ष क्याम्पसका चौथो वर्षका विद्यार्थीले वास्तुकला सम्बन्धित प्रदर्शनी गर्दै आएका छन् । कोरोना महामारी सुरु भएपछि भने प्रदर्शनी रोकिएको थियो । वास्तुकला प्रदर्शनीका संयोजक संदीप शर्माका अनुसार नेपालमा अहिले आर्किटेक्चर भनेको नक्सा डिजाइन मात्र सोच्ने गरिएकाले यसलाई चिर्न पनि प्रदर्शनी आयोजना गर्न लागीको बताएका छन् ।  

‘‘नेपालमा आर्किटेक्चर भनेको घरको नक्सा डिजाइन मात्र गर्ने भन्ने सोच छ तर यो बृहत् क्षेत्र हो । यसमा कला र विज्ञान दुवै समावेश भएको हुन्छ । यसलाई चिर्न पनि वास्तुकला प्रदर्शनी गर्न लागिएको छ ।’’ यस वर्षको भाद्र महिना देखि कमिटी बनाएर काम गर्ने थाले पनि मँगसिर देखि निरन्तर कार्यक्रमको काम गर्दै आएको शर्माले बताएका छन् ।

कार्यक्रम गर्न प्रायोजकको खाचो पर्ने र आर्थिक मनदीका कारण पैसा उठाउन निकै समस्या परेको कार्यक्रमको कोषाध्यक्ष अनिल पंथीले बताएका छन् । आर्किटेक्चरले एउटा समृद्ध समाज बनाउँछ, र यसले समृद्धि, सुरक्षा, र आनन्दमय जीवन प्रदान गर्दछ। यो कला र विज्ञानको समेती रूपमा गरिएको हो, जसले मानव जीवनलाई सुधारेको छ र वातावरणलाई सौन्दर्यपूर्ण बनाउँछ।

यस प्रदर्शनीमा आएपछि वास्तुकला भनेको के हो र यसको प्रयोग कसरी गर्ने भन्ने थाहा हुने शर्माको दावी छ । पुल्चोक कलेजका विद्यार्थीले ‘१५  औँ राष्ट्रिय आशा वास्तुकला प्रदर्शनीलाई-”मार्ग” नाम दिएका छन् । आर्किटेक्चरले समाजलाई भौतिक निर्माणमा बाटो देखाउने भएकाले प्रदर्शनिकों नाम मार्ग दीएकों हो।  करिब १०  हजार जनाले प्रदर्शनीको अवलोकन गरने आँकलन गरिएको छ । प्रदर्शनीमा विद्यार्थीले विभिन्न संरचनाको डिजाइन तयार पारेका छन्।

उनीहरुले शहरमा प्रवेश गर्ने प्रवेशद्वार, पुल, विभिन्न टावर, बाँसबाट बनेका संरचना बनाएर राखने बताएका छन् । आफूभन्दा तल्लो तहका विद्यार्थीका लागि केही ज्ञान प्राप्त होस भन्ने उद्देश्यले पनि यो प्रदर्शनी आयोजना गरिन लागेको हो । आर्किटेक्चरले समाजले प्राकृतिक स्रोतहरू सुरक्षित र प्रयोग गर्ने शैलीमा परिबर्तन गरेको हुन्छ, जसले वातावरणको रक्षा गरेको हुन्छ।

आर्किटेक्चरले समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सामाजिक, आर्थिक, सास्कृतीक परिवर्तनमा आर्किटेक्चरको ठूलो योगदान रहने भएकोले यसलाई राज्यले समेत गंभीर रुपमा लिन जरूरी रहेको शर्माले बताएका छन् । वास्तुकला प्रदर्शनीले मानिसलाई आर्किटेक्चर भनेको भवन बनाउनु मात्र नभई, भवन संग मानिसको अन्तरमनको सम्बन्ध रहने शर्माले बताएका छन् । भनेको सस्तों, राम्रो, बलियो हुनुपर्छ जून आर्किटेक्टले मात्र बनाउन सक्छन् ।

२०७२ सालमा गएको भूकम्प पछि भने वास्तुकलाको महत्व अझ बढेको  छ ।  ‘‘भूकम्प अगाडि धेरै संरचना ढुङ्गा, इँटाको प्रयोगले सामान्य अवस्थाका संरचना बनेका हुन्थे । यसपछि भने कुनै डिजाइन बिना संरचना नै बनाउन नहुने रहेछ भन्ने मानसिकता विकास भएको छ ।’’ आर्किटेक्चरको क्षेत्रमा नेपालको हालको अवस्था राम्रो रहेका कारण अवसर पाए विदेशीले जत्तिकै नेपालका इन्जिनियरले पनि आर्किटेक्चर डिजाइन गर्न सक्ने उहाँको भनाइ छ । यो वास्तुकला प्रदर्शनीका लागि करीव १० लाख रुपियाँ लागत लागने कोषाध्यक्ष पंथीले बताएका छन् ।