Logo

बागमती पेज

माघ १४, २०८० आईतबार

बूढानीलकण्ठ-९ मा मनोविमर्श सेवा सुरु


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ ले आजबाट मनोविमर्श सेवा केन्द्रको औपचारिक रुपमा सुरुवात गरेको छ ।

समुदायभित्रका व्यक्ति तथा मनोसामाजिक समस्यामा रहेका परिवारका सदस्यहरुलाई तथा अन्य आवश्यक व्यक्तिहरुका लागि लक्षित गरि मनोसामाजिक सहयोग, मनोसामाजिक समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने तथा शान्त र भावनात्मक समाजको निर्माण गर्ने उदेश्यका साथ मनोविमर्श सेवा केन्द्र संचालनमा ल्याएको हो ।

आज वडा नं. ९ ले जेष्ठ नागरिक भत्ता वितरण कार्यक्रमका सन्दर्भमा मनोविमर्शलाई विशेष प्राथमिकतामा राखेर औपचारिक रुपमा सेवा कक्षको सञ्चालन गरेको जानकारी वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठीले दिएकी छन् ।

जनसङ्ख्याको आधारमा नेपालभरीको दोश्रो ठूलो यस नगरपालिका भित्र बिभिन्न किसिमका धर्म, जात र बर्गका मानिसहरुको बसोबास रहेको छ।

समाजमा सबै जना मिलेर बसेता पनि कहिलेकाही परिस्थिति जन्य घटनाको कारण पनि मानिसहरु विभिन्न मनोबैज्ञानिक्मनोसामाजिक समस्याबाट पिडित बनेका हुन्छन् ।

यस्ता समस्याबाट नगरपालिकाभित्रका कोहिपनि जनता ग्रसित हुन नपरोस् भन्दै समाजमा यस्ता मनोसामाजिक समस्या बढ्दै गएमा समाजमा बिकराल अबस्था आउन सक्छ । त्यसलाई समेत मध्यनजर गर्दै यस्ता समस्यालाई समाधान गर्न बुढानिलकण्ठ नगरपालिका, जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखाअन्तर्गत नगरभित्रबाटै १० जनालाई मनोविमर्शकर्ताको तालिम दिई बिगत २ वर्ष देखि मनोविमर्शकर्तालाई स्वंयसेवकको रुपमा वडामा सहयोग गर्न खटाएको छ ।