Logo

मेघनाथ पहाडी

माघ २४, २०८० बुधबार

पुष्पलाल मेमोरियल कलेजमा खेलकुद सप्ताह सुरु


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ७ मा रहेको पुष्पलाल मेमोरियल कलेज चाबहिलमा खेलकुद सप्ताह सुरु भएको छ। विगतदेखि नै खेलकुदका विविध कार्यक्रम गर्दै आएको कलेजले यो वर्ष पनि खेल सप्ताह सुरु गरेको हो ।

नियमित पठन पाठनसँगै अतिरिक्त क्रियाकलापहरु प्राथमिकताका साथ आयोजना गर्दै आएको सो कलेजको खेलकुद सप्ताह माघ २७ गते सम्म सञ्चालन हुनेछ ।

कलेजको प्राङ्गणमा आयोजना गरिएको खेलकुद सप्ताहको सुरुवातमा कलेज व्यवस्थापन समितिका अध्यक्ष छन्दप्रसाद आचार्य तथा क्याम्पस प्रमुख शम्भु अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

फुटसल, भलिबल, टेबल टेनिस, चेस, ब्याडमिन्टन, बास्केटबल लगायतका खेल खेलाइने क्याम्पस प्रमुख शम्भु अधिकारीले जानकारी दिए । प्रशिक्षकहरूलाई खेल सामग्री हस्तान्तरण गर्दै सुरु भएको सो खेलकुद सप्ताहमा विभिन्न खेलहरू समावेश रहेको कलेजले जनाएको छ ।

खेलकुदमा मात्र नभएर पुष्पलाल मेमोरियल कलेज शैक्षिक क्षेत्रमा पनि उत्तिकै सफलता हासिल गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा बिबिएस दोस्रो वर्षको वार्षिक परीक्षामा प्रशान्त बिस्टले ७७ प्रतिशत अङ्क सहित प्रथम स्थान हासिल गरेका थिए। २०६५ सालबाट प्लस टु र ०६६ बाट स्नातक तहमा अध्यापन सुरु गराएको थियो ।