Logo

बागमती पेज

माघ २७, २०८० शनिबार

बुढानीलकण्ठमा ल्होछारको रौनक


काठमाडौँ । बुढानीलकण्ठमा तामाङहरुको नयाँ वर्ष सोनाम ल्होछार ल्होछारको फरक रौनक देखिएको छ। ल्होछारको रौनकले आज नगरपालिकाका सबै जात जाती, समुदाय, तथा नगर वासीहरु विभिन्न लोक सांस्कृतिक गाना तथा नाचमा झुमेका थिए ।

स्थानीय तहमा गुरुङ्ग, शेर्पा, तामाङ्ग (तमु, सोनाम र ग्याल्बो) लगायतको विभिन्न समुदायहरुले संयुक्त रुपमा धुमधामका साथ ल्होछार मनाउन थालिएको यो दोस्रो वर्ष हो।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

आज २८६० औँ सोनाम ल्होसारको अवसरमा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त सो कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिका प्राङ्गणबाट निस्केको वृहत साँस्कृतिक झाँकी सहितको र्याली गल्फुटार स्थित फुटबल मैदानमा भेला भई वृहत साँस्कृतिक कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भएको थियो ।

माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले धर्म सँस्कृति र मौलिकता प्रवर्द्धन र संरक्षण अभियान स्वरुप स्थानीय तहलेनै यस किसिमको रचनात्मक कार्यक्रम आयोजना गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै हाम्रो देश हाल भौतिक विकास साथ(साथै धर्म, सँस्कृति र यहाँका विविधताको उजागर गर्ने अभियानमा रहेको जानकारी दिए । यहाँको मौलिकतालाई संसारभर चिनाउन यस किसिमको अभियानले मद्दत गर्ने आशा राखेको धारणा समेत व्यक्त गरे ।

कार्यक्रमको शुरुवात गर्दै उपप्रमुख अनिता लामाले आफ्नो शुभकामना मन्तव्य मार्फत हामीबिच रहेको हाम्रो सामाजिक मुल्य मान्यता, कला, संस्कृतिहरुलाई प्रवर्द्धन मात्र गर्ने होइन यसलाई हाम्रो पुँजिको रुपमा समेटेर अघि बढ्नुपर्ने र यसमा नगरपालिका प्रतिवद्ध रहेको घोषणा गरेकी थिईन् ।