Logo

बागमती पेज

फाल्गुन ९, २०८० बुधबार

ग्लोबल आइएमइ लघुवित्तद्वारा विमा दाबी भुक्तानी


काठमाडौं । ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय ग्वालटारले विमा दाबि भुक्तानी गरेको छ ।

सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा नम्बर ७ कालिमाटी निवासी सुमित्रा माया पुलामीलाई संस्थाबाट रु.२ लाख कर्जा लिएकोमा सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु.२० हजार तथा तिरेको किस्ता रकम रु. १ लाख पन्ध्र हजार समेत फिर्ता गरी जम्मा रकम रु.१ लाख पाँच हजार निज सदस्यको श्रीमान गोरख बहादुर पुलामिलाई यश संस्थाका शाखा प्रबन्धक रामजी सिलवालले चेक हस्तान्तरण गरेका छन् ।

यस ग्लोबल आइएमइ लघुबित्त बितिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय बिजयपुर कास्की अन्तरगतको शाखा कार्यालय ग्वालाटारबाट बिगत पाँच वर्षदेखि बचत तथा कर्जा रेमिट्यान्स बिमा  आदिको सेवा सुबिधा दिदैआई रहेको शाखा प्रबन्धक सिलवालले बताए ।

उक्त रकम प्रदान कार्यक्रममा कालिमाटी अन्तरगतका केन्द्रका सदस्य तथा अभिभावकको पनि  उपस्थिति रहेको थियो ।