Logo

मेघनाथ पहाडी

फाल्गुन १८, २०८० शुक्रबार

फिक्कल गाउँपालिका प्रशासकीय भवनको ८५ प्रतिशत निर्माण सम्पन्न


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ८५  प्रतिशत काम सम्पन्न भएको छ । विस. २०७८ सालमा सम्झौता भएर काम सुरु भएको भवनको हाल सम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो ।

५ करोड ८९ लाखमा निर्माण कम्पनी धुलिखेल निर्माण सेवासँग सम्झौता भएको थियो । भवन फिक्कल ४ खाङ्साङ्ग बेसीमा करिब ७ रोपनी क्षेत्रफलमा साढे ३ तले भवन निर्माण भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले बागमती पेजलाई जानकारी दिएका छन् ।

फिक्कल गाउँपालिकाको भवन

उक्त भवन धुलिखेल निर्माण सेवालाई ठेक्का परेको थियो । सम्झौता भएको मितिले १८ महिना भित्र काम सम्पन्न गर्ने गरी ठेक्का परे पनि सो अनुसार निर्माण सम्पन्न हुन सकेन । भवन निर्माणको लागत अनुमान १० करोड ९२ लाख ४८ हजार ८ सय पन्ध्र रुपैयाँ थियो । टेन्डर प्रक्रिया मार्फत ५ करोड ८९ लाखमा निर्माण कम्पनी धुलिखेल निर्माण सेवा सँग सम्झौता भएको थियो ।

ठेक्का थप गरी आव ०८१ वैशाख मसान्त भित्र निर्माण सम्पन्न हुने गरी काम तीव्र गतिमा भएको भौतिक पूर्वाधार शाखाका प्राविधिक प्रदीप खुलालले बताए । ८५ प्रतिशत निर्माणको काम सम्पन्न भएको र बाँकी १५ प्रतिशत काम करिब २ महिनामा सकिने छ र आव ०८१/०८२ को सुरुवातदेखि नयाँ भवनबाट सेवा दिने गाउँपालिकाको तयारी छ ।

फिक्कल आधारभूत अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा ल्याउने तयारी