Logo

मेघनाथ पहाडी

फाल्गुन २८, २०८० सोमबार

बुनपा १२ को प्रशासनिक भवन शिलान्यास


काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को प्रशासनिक भवन शिलान्यास भएको छ । आज खरिबोट शिव मन्दिर परिसरमा निर्माण गर्न लागिको भवनको नगर प्रमुख मिठाराम अधिकारी, वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

साडे तीन तलाको भवन तथा मन्दिर परिसरमा २ रोपनि १३ आना जग्गा रहेको छ । निर्माण सुरु भएको १८ महिना भित्र निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको भनाई छ । जम्मा साडे ३ करोड लागतमा निर्माण हुन लागेको वडाध्यक्ष भट्टराईले बताए ।

समयमै निर्माणको काम सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेमा नगरले विषेश पुरस्कारको व्यवस्था गर्ने प्रतिवद्धता नगर प्रमुख मिठाराम अधिकारीले जनाए ।