Logo

मेघनाथ पहाडी

फाल्गुन २८, २०८० सोमबार

निःशुल्क उपचारका लागि पशुपतिनाथमा चैत्र १ गतेदेखि महायज्ञ हुने


काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा चैत्र १–७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने विरामीहरुलाई निःशुल्क उपचार गर्न लक्षित गर्दै महायज्ञ आयोजना गरिएको हो ।

आज पाशुपत क्षेत्रमा एक अन्तरक्रिया कार्यक्रम गर्दै युथ फर नेशनको आयोजना तथा अन्य संघसंस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा। निकोलस भुसालले जनाए ।

सरकारको मापदण्ड अनुसार अस्पतालहरुले बिरामीलाई दिनुपर्ने १० प्रतिशत निःशुल्क उपचार कार्यान्वयन गर्दै काम गर्ने डा भुसालले जनाए ।

चैतन्य कृष्ण महाराजद्वारा महायज्ञ वाचन गरिने बताइएको छ । घर–घरमा ज्ञान, ध्यान र योग पुर्याइ युवाहरुलाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

विभिन्न संघसंस्था, व्यवसायी र दाताद्वारा आर्थिक संकलन हुनेछ । महायज्ञमा करिव एक लाख भक्तजनहरु उपस्थिति जनाउने आयोजकको अनुमान छ । विभिन्न समिति, उपसमिति गठन गरेर कार्यक्रमको तयारी तीव्र गरिएको समेत आयोजकले जनाएको छ ।