Logo

बागमती पेज

चैत्र ४, २०८० आईतबार

पिक पोइन्टको वार्षिक समारोह सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडानं १३ चुनिखेलमा रहेको पिक पोइन्ट पब्लिक स्कुलको वार्षिक समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिकानारायण श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूसहित विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।

उक्त कार्यक्रममा अतिथिको रुपमा प्रह्लाद ढकाल,राजकुमार श्रेष्ठ,साधना खतिवडा,नारायण कुमार कार्की,मनोज अधिकारी,नारायण बाबु तिमिल्सिना,विजय खरेल,खेमराज घिमिरे, गोविन्द बहादुर धामी, प्रशान्त दाहाल, राजन लम्साल, विजय न्यौपाने आदि व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक ईश्वर के.सीले स्वागत मन्तव्य राखेकोसो कार्यक्रममा विद्यार्थीहरुले रचनात्मक प्रस्तुतिहरु दिएका थिए भने वक्ताहरुले विद्यालयले पुर्याएको योगदानको चर्चा गरेका थिए।