Logo

बागमती पेज

चैत्र ५, २०८० सोमबार

सुन प्रकरण: पक्राउ परेका महरालाई सीआईबीमा लगियो


काठमाडौं । नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लगिएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सीआईबी पुर्‍याइएको बताइएको छ ।

उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए । उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ ।

महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो ।

उनी कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनामा रहेको र त्यहिँबेला पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । उनी पूर्व सभामुख हुन् ।