Logo

बागमती पेज

चैत्र १७, २०८० शनिबार

एमाले बुढानीलकण्ठ अधिवेशनको बन्दसत्रमा लफडा, यस्तो छ कारण !


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ नगर दोस्रो अधिवेशनको बन्दसत्रमा एकाएक लफडा भएको छ । नेतृत्व चयनमा धेरै उम्मेदवार भएपछि प्रतिनिधि अन्योलमा परेका हुन् ।

बुढानीलकण्ठमा यति बेला अधिवेशनको चर्चा चुलिएको छ । को–कसको टिममा बसेर कसरी नेतृत्वमा पुग्ने तिर सबैको ध्यान केन्द्रित छ । दर्जनौँ नेता तथा कार्यकर्ताहरूले विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।

हाल नेतृत्वमा रहेका नगर कमिटीका अध्यक्ष प्रदीप डङ्गोल पुनः अध्यक्षका सशक्त दाबेदार हुन् । धेरैले उनलाई पुनः अध्यक्षको रूपमा करिब निश्चित जस्तै मानेका छन् । धेरै पार्टी कार्यकर्ता र नेतासँग बुझ्दा समेत नेतृत्व दोहोरिने प्रस्ट बुझ्न सकिन्छ ।

यता भने धुर्व भट्टराईले अध्यक्ष पदका लागी तिब्र तयारी गरेका छन् । उनले नयाँ गुट बनाउदै प्यानलनै घोषणा गर्ने तयारी गरेपछि बन्दसत्रको महोल एकाएक तरङ्गित बनेको छ ।

भट्टराईको प्यानलबाट पत्रकार ध्रुव घिमिरे सचिबको उम्मेदवार बन्ने गोप्य सूचना बाहिरीए सङ्गै कपन क्षेत्रको राजनितीमा थप रोचक बन्ने अनुमान गरिएको छ ।

हिजो उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्ययतामा बुनपा–१० कपन ह्यान्डबल मैदानमा उद्घाटन सत्र सम्पन्न भएको हो ।

आज शनिवार बूढानिलकण्ठ ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा बन्दसत्रको कार्यक्रम भइरहेको छ । आज नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटीको दोस्रो अधिवेशनको नेतृत्व चयनको प्रयास भइरहेको छ । सकेसम्म सहमतिमै कमिटी गठन गर्ने नेतृत्वको तयारी छ ।