Logo

बागमती पेज

चैत्र ३०, २०८० शुक्रबार

३ करोड रुपैयाँमा बिक्री भएको बुद्धचित्त यसरी काटियो…


काठमाडौँ । करिब दुई तीन महिन अघि मात्र ३ करोड रुपैयाँमा बिक्री भएको बुद्धतित्तको रुख अज्ञात समुहद्धरा काटिएको छ । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा स्थित वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको थियो । तर केही अज्ञात समुहले रुख कटिदिएर घरमा संकास्पद वस्तु राखिएको पाइएको प्रहरीले बताएको छ ।

बुद्धचित्त एक महंगो दाना हो । जुन बौध धर्मलम्वीहरुले धार्मीक कामका लागि प्रयोजन गरिन्छ । स्थानीय घरधनी शेरबहादुर तामाङले रोप्नुभएको बुद्धचित्त सम्झौता अनुसार, बिक्री भएको र रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे ।

घरधनी तामाङका अनुसार अहिले बल्ल रुखमा फूल फुल्दै थियो, फल्नुअघि नै आएर रूख काटिएको हो । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरिएको बताएका छन् ।

त्यतीमात्र नभएर घरको ढोकामा संकास्पद बस्तु फेला परेपछि गाउँमानै एक किसिमको त्रास पैदा भएको छ । घटनाको खबर सुन्ने बित्तिकै प्रहरीको टोली अहिले घटना स्थल पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार अहिले सो सम्वन्धमा अनुसन्धान भइरहेको छ । फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार, गएराति १ बजेतिर तामाङको घर छेउमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका थिए ।

सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, त्यतिञ्जेल यसमा संलग्न व्यक्तिहरु फरार भइसकेका थिए । प्रहरी टोली घरमा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट पनि फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी स्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए ।

काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।